प्रधानमन्त्री र बङ्गलादेशका सेना प्रमुखबीच भेटवार्ता, के-के भयो कुराकानी ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच सोमवार आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

उनीहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्