सप्तरङ्गि स्कुलको खेलकुद सप्ताह सुरु



लक्ष्मण बस्नेत । सप्तरङ्गी बोर्डिङ स्कुल (सक्सेस)तुलसिपुर ९ बेलुवा दाङले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम सुरु गरेको छ । बिधालयमा अध्ययनरत छात्र, छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताहको तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका संयोजक अमर नेपाली माईकलले उद्घाटन गर्नु भएको हो ।

विद्यालयको १३ औ बार्सिक उत्सवका अबसरमा आयोजित खेलकुद सप्ताहमा एथलेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, छात्र फुटबल, खोखो, स्लो बाईक रेस, कबड्डी लगाएतका सिनियर तथा जुनियर तर्फका खेल हरु हुनेछ्न । कार्यक्रम बिधालयका प्रीन्सिपल छवि कुमार ओलि को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितीका संयोजक अमर नेपाली माईकलको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समिती का सदस्य दिपक कुमाल र भलिबलका पुर्व रास्ट्रीय खेलाडी कमल पोख्रेलको बिशिस्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी माईकल ले स्वास्थ्य र समृद्धि संग जोडिएको खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अंग भएको बताए । खेलाडी उत्पादन थलो बिधालय क्षेत्र हो तपाईहरु खेलकुद क्षेत्रमा लगानी बढाउनुहोस यसले बालबालिकाको सर्वाङिन बिकासको आधार स्तम्भ निर्धारण गर्नेछ उनले भने । बिशिस्ट अतिथी कुमालले खेलकुदको शहर तुलसिपुर लाई सुबिधा सम्पन्न खेलकुद नगरिको रुपमा स्थापित गर्न युवा तथा खेलकुद समिती लागि परेको बताए । बिधालयका भ्वाईस प्रीन्सिपल प्रदिप ओलिको स्वागत रहेको कार्यक्रमको संचालन बिधालय कोर्डिनेटर गोपाल गिरिले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्