राष्ट्रिय जनमोर्चाको संगठन बिस्तार तिब्र, केसीको संयोजकत्वमा १५ सदस्यीय परिचालन समिति गठन



अमृत भट्टराई , गुल्मी । रास्ट्रिय जनमोर्चा गुल्मीको निर्बाचन क्षेत्र नम्बर १ प्रदेस सभा ‘क’ अन्तर्गतको भेला सनिबार कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा सम्पन्न भएको छ ।

रास्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन रानाको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका कालिगण्डकी गाउँपालिका सचिब श्याम ढकालको संचालनमा सम्पन्न भेलामा नेकपा मसाल गुल्मीका प्रबक्ता ओमेन्द्र कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुँवरले एम।सी।सी। नेपाल र नेपालीको हितमा नरहेको भन्दै सरकार र प्रतिपक्ष दल संसदबाट एम।सी।सी पास गर्न लागिपरेकोमा आपत्ति जनाउनुभयो । उहाँले ‘रास्ट्रको हितबिपरित कुनै पनि सन्धि सम्झौता हुन्छ भने चुप लागेर बस्न नसक्ने भन्दै रास्ट्र प्रेमी जनताहरु एक जुट हुनु पर्ने समय आयको बताउनुभयो । मुलुकमा महंगी र भ्रस्टाचार मौलाउँदै गयको र त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको कुँवरको भनाई छ ।

कार्यक्रममा मूलप्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तारा क्षेत्री,रास्ट्रीय जनमोर्चा सत्यवती गाउँपालिका अध्यक्ष मित्रलाल तरामु, राजमो चन्द्रकोटका प्रतिनिधि नरबहादुर बिक,राजमो कालिगण्डकीका अध्यक्ष गंगा केसी ,राजमो जिल्ला सदस्य पूर्ण बहादुर थापा लगायतले बोल्नुभएको थियो ।

भेलाले कालिगण्डकी गाउँपालिकामा पार्टी संगठनलाई मजबुद बनाउनको लागि तिब्र रुपमा संगठन विस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ । संगठन विस्तार अभियानलाई ब्यबस्थित गर्नको लागि जनमोर्चाले कालिगण्डकी गाउँपालिका अध्यक्ष गंगा केसीको संयोजकत्वमा २५ सदस्यीय परिचालन समिति गठन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्