आईसीसी विश्वकप क्रिकेट लिग– २ : नेपाल ८ विकेटले विजयी, सन्दीपले लिए ६ विकेट



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अलआउट हुँदा मात्र ३५ रन जोड्न सक्यो । ३६ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा ग-यो । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्य रनमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरले उक्त लक्ष्य पूरा गरेका थिए । पारसले १२ बलमा २० रन र ऐरले ११ बलमा १५ रन बनाएका थिए ।

अमेरिकालाई ३५ रनमा समेट्न सन्दीप लामिछाने र सुशन भारीले कसिलो बलिङ गरेका थिए । उनीहरु दुवैले अमेरिकाको १० विकेट बाँडेर लिए । सन्दीपको नाममा ६ र सुशनको नाममा ४ विकेट परेको थियो ।

अमेरिकाको तर्फबाट सुरुवाती ब्याट्सम्यान जेभियर मार्सलले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

सुसनले जेभियर, एरोन जोन्स, स्टभिन्सन, थेरोनको विकेट लिएका थिए भने सन्दीपले होल्यान्ड, मोनाक दिलिपभाइ पटेल, अक्षय होमराज, तिमिल कौसिक पटेल र नोस्तुस प्रदीप कान्जीजको विकेट लिएका थिए ।

ओमानलगायत त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपाल र अमेरिकाले खेलेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्