काठमाडौं टेकुको एक गोदाममा भिषण आगलागी



काठमाडौं । काठमाडौंको टेकुमा आगलागी भएको छ । त्यहाँ रहेको एक मार्बल तथा स्यानीटरी सामग्रीको गोदाममा आज(बुधबार) बिहान आगलागी भएको हो ।

करिब दुई घण्टामा पाँच वटा दमकल र स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।महानगरपालिकाको वडा नम्बर १२ टेकुस्थित प्रशन्नरत्न ताम्राकारको घरमा रहेको सञ्जिव गोयलको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

विद्युत सट भएर आगो लागेको हुनसक्ने अनुमान गरेपनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्