लमही नगरपालिकाद्वारा अपांग परिचयपत्र बितरण सुरु



ओमप्रकाश गुप्ता,लमही । लमही नगरपालिकाले बुधवार देखि अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र बितरण गर्न सुरु गरेको छ । नगरपालिका स्तरिय अपांग संजालको आयोजनामा सो कार्य सुरु भएको हो ।

बुधवार मात्र १ सय जना वितरण गरिएको संजालका अध्यक्ष बेदनीधि धितालले जानकारी दिएका छन् । उनका अनुसार तीन दिन लमही नगरपालिकाबाट परिचयपत्र बितरण गरिने छ भने पछि लमहि नगरपालिकाकाको ९ वटै वडामा गएर घरदैलो मार्फत परिचयपत्र दिइने अध्यक्ष धितालले बताएका छन् । उनीहरुको परिचान र नगरपालिका भित्रका अपांगता भएकाहरुको एकिन डाटा लिन सहजहोस भनी यस्तो कार्य गर्न थालिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्