राप्ती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप प्रतियोगिता सुरु (फोटो फिचर )



ओमप्रकाश गुप्ता, सिसहनियाँ । राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता मंगलवार देखी मसुरीयामा सुरु भएको छ । राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिकाको वडा नम्बर ३ को सिरिचौर खेल मैदान र लालमटियाको टुडिखेलमा सञ्चालन भएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर पौडेलको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । सामाजिक विकास समितिका अध्यक्ष तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

सामुदायिक र संस्थागत गरी २२ वटा विद्यालयले भाग लिएको प्रतियोगिता अन्तरगत राष्ट्रपति रनिङ शिल्ड तर्फ छात्र छात्राहरुको भलिवल, कबड्डी र एथलेटिक्स खेलहरु रहेका छन् । भने अध्यक्षकप तर्फ छात्र छात्राको फुटवल खेल समावेश गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्