टीका प्रसाई र लेखराज गुरुङको ‘नसकिने भो’ झुण्डियो सबैको मुखमा



गायिका टीका प्रसाईँ र गायक लेखराज गुरुङको आवाजमा नयाँ गीत ‘नसकिने भो’ बोलको गीतले बजारमा चर्चा कमाएको छ । टीकाकै शब्द संगीतमा तयार गीतमा उदयराज पौडेलको संगीत संगीत रहेको छ ।

उक्त गीत युट्युबमा ओ.एस.आर डिजिटल मार्फत बजारमा आएको हो । भिडियोमा सरोज अधिकारी, आस्मा विस्वकर्मा र स्वयं गायक–गायिकाको अभिनय देख्न सकिन्छ। भिडियोमा बाल कलाकार अरिष्ना भट्टराई र शंकर गुरुङको अभिनयसमेत हेर्न सकिन्छ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन तथा गम्भिर विस्टको कोरियोग्राफी निर्देशनमा बनेको भिडियोलाई शैलन लम्सालले सम्पादन गरेका हुन्। गायिका टीका र गायक लेखराजले करिब १० वर्षपछि नयाँ गीत सार्वजनिक गरेक हुन्। यसअघि उनीहरूले सिन्धुली गढी एल्बममा सँगै गायका थिए। गायिका टिकाले ‘माया लुकी लुकी’,‘नाइ मलाई थाहा छैन’ ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’ जस्ता धेरै हिट गीत बजारमा ल्यउन सफल भएकी छिन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्