नागिरक सचेतना अभियान सम्बन्धी जिल्लाका सारोकारवाला निकायको बैठक सम्पन्न



 

रेशम बि.क
कार्तिक २८ रोल्पा,।
“मेरो भोट मेरो अधिकार, बन्छ सुनौलो भविष्यको आधार” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रोल्पाले आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको समयमा हुने बदर मत न्यूनिकरण गर्ने उद्वेश्य लिएर सञ्चालन हुँदै गरेको लोकतन्त्र र निर्वाचनका लागि नागरिक सचेतना अभियान सम्बन्धी जिल्लाका सरोकारवाला निकायसँगको समन्वयनात्मक बैठक शोमबार लिबाङमा सम्पन्न भएको छ ।

उक्त बैठकको प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख आशबहादुर बुढामगरले निर्वाचनको समयमा मतदाताहरुले मतदान गरेको मत बदर न्यूनिकरण गर्न गैर सरकारीको समेत उत्तिकै दायित्व भएको बैठकमा बताउनुभयो । जुन संस्थाले जिल्लामा निर्वाचन सम्बन्धी नागरिक सचेतना अभियान सञ्चालन गरेकोमा अभियान प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको संविधान कार्यान्वयमा मतदाताहरुको मत निर्णायक भएकोले मतदाता शिक्षालाई प्रभावकारी सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध समेत गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी लिलु गिरीले मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्लाका गैर सरकारी संस्थासँग सहकार्यबाट प्रभावकारी बनाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

निर्वाचनको समयमा मतदाताहरुले मतदान गर्न पाउने नैर्सगित अधिकार भएकोले निर्वाचनको समयमा मतदाता शिक्षा लिएर जिल्लामा आएकोमा संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभयो । साथै उहाँले निर्वाचनको समयमा नजिकिदै गर्दा निर्वाचन कार्याक्रमलाई संङ्ख्यात्मक भन्दा पनि गुणात्मक परिणाम ल्याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । जुन कार्यक्रममा जिल्लाको रोल्पा नगरपालिका, सुवर्णावती गाउँपालिका, रुन्टीगढी र त्रिवेणी गाउँपालिकाका दलित समुदायहरुलाई लक्षितका साथ जिल्लामा नागिर सचेतना कार्यक्रम सञ्चालन हुँदै छ । मतादाताहरुलाई मतदाता शिक्षाद्वारा मत बदर न्यूनिकरणको निम्ति विभिन्न मतदाता शिक्षा सञ्चालन हुँदैछ ।

कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी, नेपाली काँग्रेस रोल्पाका उप सभापती किशोर कुमार आचार्य, नेकपा (माओवाली केन्द्र) केन्द्रीय महाधिवेशन आयोजक समिति सद्स्य फविन्द्र आचार्थ, राप्रपाका प्रतिनिधी पुर्ने पुन, नेपाल परिवारदलका रोल्पा जिल्ला उपाध्यक्ष खिमबहादुर कँवर, संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका संयोजक कर्मलाल परियार, महिला तथा बालबालिका कार्यालय रोल्पाका प्रतिनिधी सुशिला पन्त, नेपाल लेखापढी कानुनी व्यवसायी एशोसियशन केन्द्रीय उपाध्यक्ष नेपबहादुर वली, महिला विकास केन्द्र नेपाल रोल्पाका पुष्पा श्रेष्ठ, लगायतका सरोकारवाला निकायहरुको आतिथ्यता रहेको थियो ।

बैठकमा बोल्ने व्यक्ताहरुले निर्वाचनको समयमा निर्वाचन सम्बन्धी अभियान्ताहरुलाई विभिन्न किसिमका आरोप खेप्नुपर्ने बाध्यताभएको बेला यो संस्थाले जनु उद्वेश्यका साथ अभियान सञ्चालन गर्दै छ, सोही अनुरुपको भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । बैठकमा अभियानको विषय वस्तुको बारेमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रोल्पाका अध्यक्ष मोहन परियारले प्रस्तुत गर्नुभइको थियो ।

सो बैठक नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रोल्पाका अध्यक्ष मोहन परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सञ्चालन सचिव रेशम बि.क.ले गर्नुभएको थियो । भने सहभागिलाई स्वागत उपाध्यक्ष रामी परियारले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्