लमही महोत्सवमा राजेश हमाल हेर्न दर्शकको भिड, भोली ज्योती मगर आउने



ओमप्रकाश गुप्ता, सिसहनियाँ । दाङ देउखुरीको लमही महोत्सवमा बिहीबार नेपाली सिने जगतका महानायक राजेश हमालको बोली सुने सँगै लमहीका दर्शक खुसीले चिच्याएका थिए । फिल्मको पर्दामा देखेका लमहीका दर्शकहरुले बिहीबार लमहीमा प्रत्यक्ष रुपमा राजेश हमाललाई देखेपछि कार्यक्रममा सहभागी सम्पुर्ण दर्शकहरु खुसीले चिच्चाएका हुन् ।

नेपाल भ्रमण वर्ष २०२० भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्शको आयोजनामा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्द्धन व्यापारीक एवम् पर्यटन कृषि व्यापारीक महोत्सव २०७६ को बिहीबार साताै दिनमा महानायक हमाल सहभागी भएका हुन् । लमहीमा राजेश हमाल आउने सन्देश पाएपछि घरको काम समेत छोडेर दर्शकहरु कार्यक्रममा सहभागी भएका थिए । बिहान देखिनै राजेश हमालको एक झलक पाउन दर्शकको प्रतिक्षाको घडी करिब साढे ४ बजे मेटिएको थियो ।

कार्यक्रममा सहभागी दर्शकहरुमध्ये अधिकांशको भनाई नै राजेश हमाललाई हेर्नका लागी आएको भन्ने थियो । बिहीबार महोत्सवमा करिब हजाराै दर्शकहरु सहभागी भएको अनुमान आयोजकले गरेको छ ।

कार्यक्रममा हमालले ‘साथीहरुका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो, शंकर हो मेरो नाम शंकर’ । लगायतका संवाद बोलेर दर्शकहरुलाई उर्जा दिएका थिए । साथै राजेशले डान्सर नारायणी पोख्रेल सँग बाँझो खेतमा छट्के सलाम छ मायालाई पहिलो भेटमा भन्ने नृत्यबाट दर्शकलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

त्यसै गरि थारू गायक नायक राज कुश्मीले फुलकुमारी लगायत थुप्रै थारू गित गाएर दर्शकहरूलाई नचाएका थिए । थारू गितमा पहाडी समुदायका युवायुवतीहरूहरू पनि हुटिङ गर्दै नाचेका थिए ।

यसै बिच महोत्सवलाई गायक चन्द्र शर्मा, गायिका दिक्षा सुनार, कमल नारायणी ग्रुप, सगरमाथा डान्स ग्रुपको नृत्य सँगै दृष्टिविहिन कलाकार विरेन्द्र गिरी लगायत स्थानीय कलाकारहरूले मञ्च तताएका थिए । यसै बिच फागुन २ गते चर्तित गायिका ज्योती मगर लगायतका कलाकार अाउने कलाकार संयोजक विनोद बुढाथोकीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्