दाङमा विप्लवका एक कार्यकर्ता पक्राउ



सैघाली खबर,
दाङ २८ कात्तिक।

नेपाल कम्यूनिष्ट पार्टीका एकजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका वडा नं। ५ निवासी ३२ बर्षीय निमबहादुर डाँगी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
ईलाका प्रहरी कार्यालय खिलतपुरले डाँगीलाई सोमवार राति ९ बजेपछि पक्राउ गरेको प्रहरीले बताएको छ । रुकुम र रोल्पामा माओवादीका शिर्ष नेताहरुलाई लक्षित गरि बम विस्फोट र गोली प्रहारका घटनाहरु आएकाले निर्वाचन सुरक्षाको लागि नेकपाका कार्यकर्ता पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्