नेपाल एयरलाइन्सले गर्यो २३ जना पाइलटको माग




राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले २३ जना पाइलटको लागि आवेदन खुलाएको छ । निगमले २० जना सिनियर, १४ जना जुनियर र सिनियर को–पाइटलतर्फ १३ जना गरी ४७ जनाको लागि आवेदन मागेको हो । जसमा सिनियरतर्फ खुल्लामा ११ र आरक्षणमा ९ गरी २० जना माग गरेको हो भने जुनियरतर्फ ८ जना खुल्ला र आरक्षणमा ६ गरी १४ जनाको आवेदन मागेको हो ।

साथै सिनियर को–पाइलटतर्फ खुल्लामा ५ र आरक्षणमा ८ गरी १३ जना माग गरेको छ । एक वर्षअगाडि पनि निगमले ५० जनाभन्दा बढी पाइलटको लागि आवेदन खुलाएको थियो । उक्त समयमा निगमले माग गरेको पाइलटमा आवश्यक संख्यामा पनि आवेदन परेको थिएन ।

फेरि पाइलट अभाव बढ्दै गएपछि आवेदन माग गरेको जनाइएको छ। नेपाल एयरलाइन्सले देशभित्रबाट पाइलट पाउन नसकेपछि वाइडबडी र एयरबस उडानमा समेत विदेशी पाइलट भित्र्याइरहेको छ । नेपाली पाइलटको तुलनामा विदेशी पाइलटको तलब ३ गुणा बढी हुने गरेको छ ।

निगमले पाइलटका लागि आवेदन दिने अन्तिम मिति २०७६ फागुन २२ गतेसम्म र दोब्बर दस्तुरमा २९ गतेसम्म आवेदन दिने सक्ने जनाएको छ भने भने चैत्र १४ गते लिखित परिक्षा हुने सूचनामा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्