बदाम खानुको ५ फाइदा थाहा पाउनुहोस्



जाडो मौसमा पाइने फल मध्ये बदाम पनि एक हो । जाडोयाममा मानिसहरु घाममा बसेर बदाम खान मन पराउँछन् । त्यस्तै बदाम खानु मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यी हुन् बदाम खानुको फाइदाहरु

. कपालको सुन्दरताको लागि बदाम खानु राम्रो मानिन्छ । बदाममा कपाललाई सुन्दर बनाउने तत्वहरु पाइने भएकाले कपालका लागि बदाम लाभदायक हुन्छ । बदाममा लार्जिनाइन भन्ने तत्व हुन्छ जसले कपाल बृद्धिका साथै कपाल झर्नबाट समेत जोगाउँछ ।

. बदाममा पाइने केही तत्वहरु मध्ये फाइटोस्टोरल पनि एक हो । यसले ट्युमरलाई नियन्त्रणमा राख्न सहयोग गर्छ, जसले क्यान्सर हुनबाट बचाउँछ ।

. बदाममा तेलको मात्रा हुने भएकाले पेटसँग सम्बन्धित रोगीहरुलाई निको बनाउँछ । यसको नियमित सेवनले एसिडिटीको समस्याबाट छुटकारा बनाउँछ ।

. गर्भवती महिला तथा शिशुको स्वास्थ्यमा पनि यसले फाइदा पुर्‍याउँछ ।

५. यसको सेवनले छाला तथा हाडलाई मजबुद बनाउँछ । साथै सधैं बदाम खाएमा हर्मोनलाई पनि सन्तुलनमा राख्न सहयोग गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्