देउखुरीमा कतै उम्मेदवारको टुङगो, कतै टुङ्गाउनै सास्ती



all-flags

जेष्ठ,१९

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको चुनावी प्रचार प्रसारसँगै राजतितिकदलहरुले कतै उमेदवारहरुको नाम टुंगो लगाएका छन् भने कतै उम्मेदवारको नाम टुङ्गाउनै सकेका छैनन् । साना पार्टीहरुले सवै ठाउँमा उम्मेदवारको टंगो लगाए पनि ठुला पार्टी भित्रमा पनि नेपाली काग्रेस भित्र मेयर तथा अध्यक्ष पदका उम्मेदवार बढी आकांक्षी देखिएकाले यो समस्या देखिएको बुझिएको छ ।

राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा बुद्धिप्रकाश चौधरीको उम्मेदवारी करिव करिव पक्का भएको बताएको अध्यक्ष पदका ६ जनाको टोली काठमाण्डौ पुगेर समस्याको हल गरेको बताएको छ । यस अघि अध्यक्षका लागि नुमानन्द सुवेदी, दोर्ण भुसाल, युवराज न्यौपाने, हरि भुसालले आ आफनो उम्मेदवारी दावी गरेका थिए ।

त्यसै गरी उपाध्यक्षमा यस अघि नै जगदम्बा चौधरीको नाम टुंगो लगाए पनि पुन सो पदका लागि अरु थप आकांक्षी देखिएका छन् । यस्तैे वडा नं। १ को वडा अध्यक्षमा ताराबहादुर डिसी, वडा नं। २ को वडा अध्यक्षमा किशोर पुन, वडा नं। ३ को वडा अध्यक्षमा उमेश अधिकारी वडा नं। ४ को वडा अध्यक्षमा विष्णु घर्ती, वडा नं। ५ को वडा अध्यक्षमा गोवर्धन रावत, वडा नं। ६ को वडा अध्यक्षमा वेदप्रसाद चौधरी, वडा नं। ७ को वडा अध्यक्षमा विद्याशरण चौधरी, वडा नं। ८ को वडा अध्यक्षमा पिपरीका शिवध्वज मल्ल र वडा नं। ९ को वडा अध्यक्षमा भेषराज कार्कीको नाम टुंगो लागेको नेपाली कांग्रेसले बताएको छ ।

यसै गरी नेकपा एमालेले देउखुरीका तिनवटै गाउँपालिका र एक नगरपालिकामा प्रमुख तथा उपप्रमुखहरुको उमेदवारी टुंगो लगाएको एमाले दाङले जनाएको छ । जसअनुसार राप्ती गाउँपालिकाको अध्यक्षमा खिमबहादुर के।सी,उपाध्यक्षमा हिमाली न्यौपानेको नाम टुंगो लगाएको छ । त्यसै गरी वडा नं। १ को वडा अध्यक्षमा रत्ना श्रेष्ठ, २ मा हिमानन्द पाण्डे, ३ मा बाबुराम गैरे, ४ मा प्रेमबहादुर के।सी, ५ मा देवप्रसाद चौधरी, ६ मा कमलापती चौधरी, ७ मा माधवलाल चौधरी, ८ मा गोविन्दबहादुर राना मगर र ९ मा सुरेशकुमार बैमा मगरको नाम टुंगो लगाएर चुनावी जनभेटघाट, घरदैलो तथा प्रचार प्रसारको कार्यक्रम सुरु गरेको छ ।

त्यसै गरी राप्ती गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले अध्यक्षमा नरबहादुर के।सी र उपाध्यक्षमा चमेली चौधरीको नाम टुंगो लगाएको छ । त्यसै वडा नं। १ को वडा अध्यक्षमा ठाकुरप्रसाद आचार्य, वडा नं। २ मा रमेशमान गुरुङ, ३ मा दलबहादुर घर्ती, ४ मा विरबहादुर चौधरी, ५ मा माधवप्रसाद आचार्य, ६ मा प्रयागनारायण चौधरी, ७ मा शालिकराम पोख्रेल, ८ मा छविलाल वि।एम र ९ मा उम्मेदवार टुंगो नलागेको बताइएको छ ।

उता चुनावी तालमेलका लागि संयुक्त मोर्चा बनाएको नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपालले राप्ती गाउँपालिकाको अध्यक्षमा नन्दकुमार चौधरी र उपाध्यक्षमा भुमि गुरुङ,लमही नगरपालिकाको मेयरमा प्रकाश कुमार चौधरी र उपमेयरमा राधा चौधरी, गढवा गाउँपालिकाको अध्यक्षमा रामशरण यादव र उपाध्यक्षमा बालकुमारी चौधरीको नाम टुंगो लागेको छ भने राजपुर गाउँपालिकाको अध्यक्षमा मिश्रीलाल गुप्ताको नाम टुंगो लगाएर चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

यसै बिच दुवै पार्टीको सोमवार बसेको वैठकले उम्मेदवार छनौट गरी विभिन्न मिडियाहरुमा राप्ती गाउँपालिकाको वडा नं। १ को वडा अध्यक्षमा होमप्रसाद शर्माको नाम सार्वजनिक गरिएको भन्दै शर्माले आफु कुनै पनि पदको उम्मेदवार नभएको एक प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएका छन् ।

यसै गरी राप्ती गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षमा रामप्रसाद चौधरी र उपाध्यक्षमा गितासेन मल्लको नाम टुंगो लगाएको छ । त्यसै गरी वडा नं। १ को वडा अध्यक्षमा होतराज आचार्य, ३ मा टेकबहादुर गिरी, ४ मा बाबुराम मल्ल, ५ मा टेकबहादुर कार्की, ६ मा भिमबहादुर चौधरी, ७ मा योगेन्द्र चौधरीको नाम टुंगो लगाएको छ भने वडा नं। २, ८ र ९ को अध्यक्षको नाम भने टुंगो लगाउन बाँकी रहेको छ ।

साभार तुल्सीपुु्र अनलाईन………..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्