विश्वेश्वर प्रसाद कोइरालाका २१ उत्कृष्ट भनाईहरु



काठमाडौं । विश्वेश्वर प्रसाद कोइराला (विपी)को जन्म ८ सेप्टेम्बर सन् १९१४ मा भएको थियो भने उनको मृत्यु २१ जुलाई सन् १९८२ मा भएको थियो ।

उनी नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार हुन् । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।

नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए । उनका नरेन्द्र दाई,तीन घुम्ती,बाबु आमार छोरा,हिटलर र यहुदी, मोदी आइन,सुम्निमा, दोषी चस्मा जस्ता धेरै पुस्तकहरु प्रख्यात छन् ।

. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यक्ता पर्दछ ।

. कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केहि अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

. म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु ।

. साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

५. साहित्य सभ्यताको प्रतिक हो ।

. संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

७. धर्मको बिरुद्धमा म पटक्कै छेन, छँदै छैन, तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन ।

८. तानशाही व्यवस्थालाई प्रजातान्त्रीक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।

९. म कुनै आर्थिक विशेषज्ञ होइन,तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विाकास विकास नै होइन ।

१०. देश भन्नुहोस् वा राष्ट्र,त्यो भूगोल होइन,त्यो यथार्थमा जनता हो ।

११. समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।

१२. हामीले आफ्ना बिरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।

१३. हाम्रो बिरोध कटुताहिन र सैद्धान्तिक हुनुपर्छ,तर व्यक्तिग’त हुनुहुँदैन ।

१४. हामीले आफ्नो सिद्धान्त त्यागेर कोहिसँग पनि सम्झौता गर्नुहुँदैन ।

१५. प्रजातन्त्र नभए देश रहँदैन,राजा रहँदैनन्,हामीहरुको त कुरै भएन ।

१६. मलाई विश्वास छ नेपालमा फेरी प्रजातन्त्र आउँनेछ ।

१७. प्रजातन्त्र बिना देश रहँदैन ।

१८. राष्ट्रियता माटो होइन,जनताको सामूहिक भावना र विचार हो ।

१९. राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन् ।

२०. जीवन नै एक सुनिश्चित जोखिम हो ।

२१. मेरो राजनीतिक जीवन खुलेको पाना हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्