योङस्टार र ग्लाईटर क्रिकेट क्लव बिजयी



सैघाली खबर,
घोराही, २९ कार्तिक । 
दाङ क्रिकेट संघको आयोजनामा सोमबार देखी जारी सगरमाथा सिमेन्ट दंगाली टि — २० कप, क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत मंलबार भएका खेलहरुमा योङ स्टार क्रीकेट क्लब र ग्लाईडर क्रिकेट क्ल्ब बिजयी भएका छ्न ।

पहिलो खेलमा योङ स्टार क्रिकेट क्लब र घोराही क्रीकेट एकेडेमी बिच भएको म्याचमा योङ स्टारले ९ विकेटको जित हासिल गरेको छ । टस हारेर ब्याटिङको निम्ता पाएको घोराहीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १४०को योगफल तयार पारेको थियो ।

जसमा सुरेन्द्र बिष्ट २९ योगेश भाटि ३५ तथा बिजय भुसालले ३५ रन बनाए थिए । बलिङ तर्फ योङ स्टारका रुबि चौधरी ले २ र बिबस गिरिले १ विकेट लिएका थिए । १८ दशमलब २ रनको लक्ष लिएर जवाफी ब्याटिङमा उत्रेको योङ स्टारले मात्र १ विकेट को क्षतिमा १८ दशमलब २ ओभरमा लक्ष पूरा गरेको थियो । जसमा सन्जोग गिरि ५० सुशील परियार र टेक सलामीले अबिजित क्रमश ३५ र २४ रनको योगदान दिएका थिए । घोराहिका क्रीकेट एकेडेमीका सन्देश पाण्डेले १ विकेट लिएका थिए।

पहिलो खेलमा ५० रन बनाउने सन्जोग गिरि म्यान अफ दि म्याच भए । म्यान अफ दि म्याचलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पुरस्कार प्रदान गरेको प्रतियोगिता संयोजक एबम संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारि दिएका छ्न । तेसै गरि दोश्रो खेल कोहलपुर र ग्लाडियर कृकेत क्लब बिच भएको थियो। जस्मा ग्लाडियर क्रीकेट क्लब ४ विकेटले बिजयी भएको संघले जनाएको छ ।

बुधबार पहिलो खेल झापा यन सि यश यश र योङ्गगन्स क्रीकेट क्लब नेपालगन्ज बिच र दोश्रो खेल पुरन्धरा क्रीकेट कल्ब र भ्याली जुनियर क्रीकेट कल्ब घोराही बिच हुने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्