नेपालीले ठगि गरेको आरोपमा सूदूरपश्चिमेली यूवा समाज भारतले एक जना नेपालीलाई पक्राउ



उत्तम कुमार थापा ।
नेपाली लाई ठगि गरेको आरोपमा एक जना नेपाली लाई पक्राउ गरेको छ । नेपाल बाट रोजगारीको शिलसिलामा मित्रराष्ट्र भारत कमाउन गएका नेपालीलाई नेपालीले ठगि गर्दै आएको देखा परेपछि सुदुरपश्चिमेली युवा समाज भारतको सहयोगमा एक जना नेपाली लाई समातिएको राजेन्द्र रोकायाले बताए । सुदुरपश्चिमेली युवा समाज भारतले समाजमा हुने गरेका भ्रष्टाचार लगाएत नराम्रो काम गर्ने व्याक्तिलाई कार्वाहीको दाहेरामा ल्याउने काम गरेको सर्ववितिदै देखिन्छ ।

नेपाल घर बताउदै आएका दिल्ली स्थित कश्मिरिगेटमा नेपालीहरु लाई ठगी गर्ने एक युवकलाई समातेको जनाएको हो । उनले अहिले आफ्नो घर दार्जिलिङ रहेको आफेलाई करिव ३८ बर्ष भएको बताएको सुदुरपश्चिमेली युवा समाजले बताएको हो ।

भारतमा रहेको सुदुरपश्चिमेली युवा समाजले राम्रो काम गर्दै दुखमा परेका नेपाली मात्र नभएर सबै लाई सहयोग गर्दै आईको छ । नेपाली भएर नेपाली लाई ठग्ने व्याक्तिलाई सुदुरपश्चिमेली युवा समाज भारत स्थित दिल्ली राज्य समिति अध्यक्ष राजेन्द्र बिष्ट ,महासचिव राजेन्द्र रोकाया जिम्माल,
प्रथम बरिस्ठ सल्लाहाकार बिर बहादुर बोहोरा कोषाध्यक्ष प्रकास साउदको सहकार्यमा समात्ने काम भएको ठगि गर्नेलाई समात्न बिशेष सहयोग जयराज भट्टले गरेको राजेन्द्र रोकायाले बताए ।

उनलाई ठगि गरेको आरोपमा समाते पछि विभिन्न सर्वसाधारणहरुलाई ठगेको भन्दै सर्म्पर्कमा आएका व्याक्तिहरु खप्तड छान्ना गाउपालीका वडा नं ३ सुनारगाउँ बस्ने सन्तोष सूनार बाट रु ३०००० तीस हजार दारूगाउ बस्ने आन्नद बिहारबाट ठगिएका व्याकति रवि खड्का रु ४०००० हजार,अछाम घर भएका ललित साउदको २७००० भारु,रुपैया बाजुराका हेम्मन्त जोशीको २००० हजार भारु,रुपैया कार्यक्रम बाट घर जाने क्रममा कलाकार राजेन्द शाहि बिपि १०१५०० रुपैया यस्तै गरि नेपाल बाट आउने भारत बाट जाने हजारौं व्याक्तिहरुवाट लाखौं रुपैया ठगि गरेर लिने गरेको खुलासा भएको स्रोतको भनाइ छ ।

ठगि गर्ने व्याक्ति समाते पछि धेरै मान्छे सम्पर्कमा आएको अझै आउने क्रममा रहेको रोकायाले बताए ।ठगि गर्ने एक जना नेपाली व्याक्तिलाई अहिले दिल्ली प्रहरीलाई बुझाएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्