पुलिस र एपिएफ प्रतिस्पर्धा गर्ने



काठमाडौं– चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।

१३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिहीबार सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पुलिस र एपिएफ फाइनलमा पुगेका हुन्। एपिएफले न्यु डायमण्डलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनायो। एपिएफले न्यु डायमण्डलाई २५–९, २५–१५ र २५–१८ ले हराएको हो।

पुलिसले भने विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भयो। पुलिसले आर्मीलाई २५–१९, २५–२३ र २६–२४ ले हराएको हो। पुलिस र एपिएफबीचको फाइनल खेल शुक्रबार हुनेछ। सेमिफाइनलमा पराजित आर्मी र न्यु डायमण्डले तेस्रो स्थानको लागि शुक्रबारै प्रतिस्पर्धा गर्नेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्