तेह्रथुमलाई शन्यू असुरक्षित गर्भ पतन जिल्ला घोषणा

अब कुनै पनि महिलाले असुरक्षित गर्व पतन गर्नु पर्दैन : अध्यक्ष चोङवाङ्ग


इन्द्र नेपाली, तेह्रथुम ।
तेह्रथुमको फेदाप गाउँपालिकालाई असुरक्षीत गर्भपतन गाउँपालिका घोषणा गरीएको छ। गाउँपालिका केन्द्र सिम्लेको औंसी बजारमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी असुरक्षित गर्भपतन गाउँपालिका घोषणा गरीएको हो ।

यस अघि गाउँपालिकाका ५ वटै वडामा जनचेतनमुलक कार्यक्रम अयोजना गरी सवै वडालाई शुन्य असुरक्षीत गर्भपतन वडा घोषणा गरीएको थियो । असुरक्षीत रुपमा हुने गर्भपतन कार्यलाई रोकी सुरक्षीत रुपमा गर्भपतन गराउने कार्य अव व्यवहारमै उतारीएको शुन्य असुरक्षीत गर्भपतन गाउँपालिका घोषणा गर्दै गाउँपालिका उपाध्यक्ष गिता देबि थापाले बताउनु भएको छ। घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै थापाले गाउँपालिका भित्र अब कुनै पनि महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने अवस्था नआउने वताउनु भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष हरि प्रसाद चोङवाङ्गले गाउँपालिका क्षेत्र भित्र रहेका कुनै पनि महिलाले अब असुुरक्षीत रुपमा गर्भपतन गराउनु नपर्ने बताउनु भएको छ। असुरक्षीत गर्भपतनले हुने जोखीम बारे गाउँपालिका भित्रका सवै नागरिकलाई जानकारी गराईएकाले कार्यक्रम प्रभाबकारी हुने अध्यक्ष चोङवाङ्गले बताउनु भएको छ। महिलाको सु स्वाथ्य तेह्रथुम बासिको सान शन्यू असुरक्षित गर्भपतन हाम्रो अभियान भन्ने नाराको सवालमा फेदाप गाउँपालिकालाई पनि सुन्य असुरक्षित गर्व पतन गाउँपालिका घोषणा गरिएको हो।

कार्यक्रममा उपस्थित राजनीतिक दल, स्वास्थ्यकर्मी, विद्यार्थी,पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा शिक्षक र महिलाले असुरक्षीत गर्भपतन नगराउने प्रतिवद्धता गरेका थिए । कार्यक्रममा फेदाप गाउँ पालिकाका स्वास्थ साखा प्रमुख नरेन्द्र देबले गाउँपालिकाको स्वास्थ्य अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

फेदाप गाउँपालिकामा गाउँपालिकाको सहकार्यमा आईपास नेपाल ,जिल्ला बन महासघंद्धारा स्वास्थ्य सम्वन्धि विभिन्न कृयाकलापहरु संचालन भएको आयोजकले जनाएको छ। यस अघि अभियानले फेदाप क्षेत्रका विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सम्वन्धि अभिमुखीकरण, अध्ययन सामग्रीको वितरण, कार्ययोजना निर्माण, सुरक्षीत गर्भपतन सेवाको पहुंच बाट टाढा रहेका समुदायमा कक्षा संचालन, गाउँपालिकाका जनप्रतिनिधी तथा अन्य सरोकारवाला संगको समन्वय तथा छलफल कार्यक्रम समेत संचालन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्