कोरियामा कोरोना भाइरस : ५ को मृत्यु ६०२ जनामा संक्रमण



दक्षिण कोरियामा कोरोनाभाइरसको नयाँ संक्रमण दोब्बरले बढेको छ । केहि समय अगाडिको तथ्याङ्क अनुसार कोरियामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । भने संक्रमण प्रमाणित हुनेको संङ्ख्या ६ सय २ जना पुगेको छ ।

सक्रमित भइ सामान्य आवस्थमा फर्किएकाको संङ्ख्या भने १८ रहेको छ । विशेष नीगरानी र परिक्षणरत जम्मा ८ हजार ५७ जना रहेका छन् ।

चीनमा कोरोना भाइरसले २३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजार बढी संक्रमित छन् । कोरियाको थेगु सहरमा कोरोनाको संक्रमण बढी देखिएको छ । जहाँ कम्तिमा पनि सातहजार नेपाली कार्यरत छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्