टर्कीमा भू–कम्प जाँदा ७ जनाको मृ–त्यु




टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ५ दशमलब ७ म्याग्निच्युडको भू–कम्प जाँदा सातजनाको मृ–त्यु भएको छ । पाँचजना घा–इते छन् । इरानसँग जोडिएको सीमाक्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो । आइतबारको यस घटनापछि गृहमन्त्रीले भू–कम्प प्रभावित क्षेत्रमा उद्धारकर्मी पठाइएको जनाएका छन् ।

भू–कम्पबाट भौतिक संरचना भत्किनुका साथै केही हताहत भएको बताइएको छ । मन्त्री सुलेमन सोयलीका अनुसार एक हजार ६६ जति भौतिक संचरना भत्किएका छन् । स्थानीय टेलिभिजनले भू–कम्पबाट उद्धार गरिँदै गरिएका भिजुअल फूटेज सार्वजनिक गरेका छन् ।

अधिकारीहरुका अनुसार इरानमा पनि भू–कम्पको असर परेको छ । तर क्षतिको विवरण यकिन भइसकेको छैन । भू–कम्पबाट टर्कीमा कम्तिमा ४३ वटा गाउँ प्रभावित भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्