सवारी दुर्घटना न्यूनिकरण गर्न सारङ्गी संगीत सचेतनात्मक कार्यक्रम




पछिल्लो समय देशमा बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु भईरहेको छ । त्यस्तै आइतबार काठमाण्डौको सुन्धरामा पनि काठमाण्डौँ महानगरपालिका र ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा स्वच्छ,सफा काठमाण्डौँ र सवारी दुर्घटना न्यूनिकरणका लागि सारङ्गी संगीत सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ट्राफिक उज्यालो अभियान कार्यक्रमलाई निरन्तरता दिईएको ट्राफिक प्रहरीले जनाएको छ । सारङ्गी,मादलको साथमा प्रहरीले जनचेतना मुलक गीत प्रस्तुत गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्