सैघाली खबर,
काठमाडौं १ मसिंर। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको कपनबाट पक्राउ परेका उनीहरुको साथबाट २ वटा पेस्तोल र १० राउण्ड गोली फेला परेको प्रहरीले बताएको छ ।
पक्राउ पर्नैमा बसन्त थेवे र धनराज योङहाङ रहेका छन् । उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग भएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको दाबी छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।