सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघ्यो



काठमाडौं : नेपाली बजारमा सुन चाँदीको मूल्यले हरेक दिन कीर्तिमानी अंक कायम गरेको छ। सोमबार सुन तोलाको ८० हजार ३ सयमा कारोबार भइरहेको छ।

नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेको हो। आइतबारको तुलनामा साेमबार बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ। यसअघि आइतबार बजारमा सुन तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो।

सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ। चाँदी प्रति तोलामा ५ रुपैयाँ बृद्धि भएर ९२५ कायम भएको छ।

ठूला अर्थतन्त्र भएका देशबीच आन्तरिक द्वन्द्वको असर विश्व बजारमा परेकाले सुन चाँदी ओकालो लागेको विज्ञहरुको भनाई छ। सुन अझै महँगिने सम्भावना बलियो रहेको अन्तराष्ट्रिय विश्लेषकले अनुमान गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्