चुुनाब होर्ने निश्चित भएपछि काग्रेसले मतदाता किन्न थाल्यो ः केसी



दिपक बोहरा,
तुलसीपुर १ मसिंर ।
चुनाब हार्ने निश्चित भएपछि काग्रेसले मतदाता किनबेच गर्न थालेको बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं ३ का प्रतिनिधिसभाका उम्मेदवार हिरा चन्द्र केसीले बताए ।

दाङ क्षेत्र नंं ३ को बिभिन्न स्थानमा भएका चुनाबी सभालाई सम्बोधन गर्दै उनले अहिले हार्ने निश्चित भएपछि काग्रेसले ठाउठाउमा मतदातालाई पैसा, चामल, शिरक बाँड्न थालेको भन्दै त्यसमा सजक रहन मतदातालाई आग्रह गरे । ‘कसैले किन्दैमा मतदाताहरु नबेचिनु होला’ उनले भने ‘ तपाईहरुको गरिबिलाई किनेर, स्वाभिमान माथि आँच पु¥याउन खोज्दै छन् ।

गरिबी तथा बिपन्न समुदायलाई बिकास र समृद्धि गरेर सम्पन्न बनाउनु पर्ने ठाउमा तपाईहरुलाई किनेर अझै देशलाई एक सय बर्ष पछि धकेल्न खोजेको भन्दै यसमा सजक रहन मतदातालाई आग्रह गरे । मतदान भनेको आफ्नो अमुल्य आत्मदान भएको भन्दै उनले पैसा दिदैमा प्रभाबित भएर कसैलाई पनि भोट दिनु गलत भएको बताए । ‘ कसैले पैसा दिन्छ भने पनि खानुस्, तर भोट जसले बिकास र सम्बृद्धिको ऐजेण्डा बोकेका पार्टीलाई दिनुस्, नत्र देश पुनः एक सय बर्ष पछि धकेलिन्छ ।’

कार्यक्रममा दाङ क्षेत्र नंं ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले हारको मानसिकता बोकेर अहिले काग्रेस छटपटाईरहेको बताए ।
बाम गठबन्धनले शुक्रबार तुलसीपुर ३ , तुलसीपुर ४ , तुलसीपुर १० का बिभिन्न ठाउमा चुनाबी कोणसभा गरेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्