अदालतबाट सफाई पाए पछि दाङको लमही र भालुवाङमा महरालाई भव्य स्वागत (फोटो फिचर)



ओमप्रकाश गुप्ता, लमही। जिल्ला अदालत काठमाडौंले सफाइ दिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दाङको लमही र भालुवाङ र सिसहनियाँमा भव्य स्वागत गरिएको छ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जवरजस्तीको प्रयास गरेको आरोपमा थुनिएका महरालाई काठमाडौं जिल्ला अदातलले निर्दाेष ठहर गर्दै सफाइ दिएपछि उनी मतदातासँग छलफल गर्न दाङ आउने क्रममा उनलाई स्वागत गरिएको हो ।

 


महराको स्वागतका लागि लमहीको ग्रिनपार्क नजिक जम्मा भएका नेकपा निकटमा सांसद, कार्यकर्ता र सर्वसाधारणको भीड लागेको थियो । स्वागत कार्यक्रम पछि संक्षिप्त रुपमा बोल्दै महराले ४ महिनाको अवधीमा कष्टकर जिवन बिताएको अनुभव सुनाउँदै महराले आफनो नाता दाङ सँग भएकोले अवको समय दाङको विकास र सम्वृद्धिमा हुने बताएका छन् । उता भालुवाङको पुल्चोक स्थित सहिद कृष्णसेन इच्छुकको सम्झनामा निर्मित इच्छुक चोकमा इच्छुकका साथी कृष्णबहादुर महरालाई भव्य स्वागत गरिएको छ ।

महरालाई स्वागत गर्न नेकपा निकटमा सांसद, कार्यकर्ता र सर्वसाधारणको भीड लागेको थियो । कार्यक्रममा निवर्तमान सभामुख महराले संक्षिप्त सम्बोधन पनि गरेका थिए । महराले सम्मानित अदालतले आफूलाई न्याय दिएको बताएका छन् । उनले अब जीवनभर दङाली जनताको हितमा काम गर्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्