कर्तव्यज्यान मुद्धाका दुई जना फरार प्रतिवादीहरु पक्राउ



कर्तव्यज्यान मुद्दामा फरार २ जना प्रतिवादीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले आइतबार काठमाडौं गोठाटारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली गोलञ्जोर गाउँपालिका(७ बस्ने ७३ वर्षीय यज्ञ प्रसाद चौलागाई र सोही ठाउँ बस्ने ३४ वर्षीया सम्झना भन्ने टिका कुमारी चौलागाई रहेका छन् ।

२०७३ कात्तिक ३० गते सिन्धुली भिमेश्वरस्थित विकासे कुलो नजिकै तुलसा कुमारी पहाडीको शव फेला परेको र उनलाई ससुरा नाता पर्ने यज्ञप्रसाद र देउरानी नाता पर्ने टीकाकुमारीले कुटपिट गरी कर्तब्य गरी मारेर फालेको ठहर गर्दै पुनरावेदन अदालत पाटनले २०७६ जेठ १० उनीहरुलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।

उक्त सजाय बेरुजु रही दुबै जना प्रतिवादीहरु फरार रहेका थिए । फैसला कार्यान्वयनको लागि दुबै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्