सिटिजन्स बैंकले फागुन २० गतेदेखि २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने



काठमाडौं : सिटिजन्स बैंकले फागुन २० गतेदेखि २५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये १० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘सिटिजन्स बैंक डिबेन्चर २०८६ ’नाममा ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यपिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको छ । लगानीकर्ताले यसमा फागुन २३ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा चैत्र ४ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।

न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्