पर्वतको विहादी ३ रानीपानीमा जेष्ठनागरिकलाई समान कार्यक्रम सम्पन्न



अमृत भट्टराई, बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीमा ७० वर्षमाथिका जेष्ठनागरिकलाई बिहादी गाउँपालिका ३ रानीपानी ले सम्मान गरेको छ ।

बिहादी ३ रानीपानीका वडा अध्यक्ष रण बहादुर आलेको अध्यक्ष्ातामा सञ्चालन भएको जेष्ठनागरिकलाई सम्मान काम गरेको प्रमुख अतिथि बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल रहनुभएको थियो । कार्यक्रममा वडा नम्बर ३ का जनप्रतिनिधि , विभिन्न राजनीति दलका प्रतिनिधि , समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो ।

समान कार्यक्रममा को समापन गर्दै वडा अध्यक्ष आलेले पछिल्लो समय जेष्ठनागरिकले परिवार र समाजबाट अपहेलित भएका घटनाहरूको प्रसंग जोडदै सबैले जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताएका थिए ।

समान कार्यक्रमको सञ्चालन इन्प्रेट नेपाली कि कर्माचारी गीता नेपालीले गर्नुभएको थियोे । समान कार्यक्रममा करिव २०० जनालाई कम्बल , करुवा र फलफूल सहित समान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्