प्रधानमन्त्रीज्यु कर्णालीमा सिटामोल र बझाङमा चामल पुगाउन हेलिकप्टर प्रयोग गर्नुहोस् जन्मदिन मनाउन होइन



आफ्नो जन्मदिनमा केकमा नेपालको नक्सा बनाइ केक काटी जन्मदिन मनाए पछि यतिबेला सामाजिक संजाल पुरै प्रधानमन्त्रीको विरुद्धमा तातेको छ ।
विभिन्न शिर्ष नेता देखि सबैले आफ्नो बिरोधका टिप्पणी गरिरहेका छन् । यहि विषयलाई लिएर सदनमा समेत प्रश्न उठेको छ ।

मंगलवार संसदमा बोल्दै नेपाली काङ्ग्रेसका युवा नेता तथा माननीय प्रकाश रसाइली स्नेहीले लिपुलेक र लिम्पियाधुरा किन अट्न सकेन नियतबस हो कि भारतलाई खुसी पार्न हो प्रधानमन्त्री ज्यु भन्दै प्रश्न गरेका छन् ।

कर्णालीमा जीवनजल र सिटामोल खान नपाएकालाई नेपाली जनतालाई सिटामोल र जीवनजल पुर्याउनु सट्टा जन्मदिन मनाउन चार वटा हेलिकप्टर लिएर जानु कति जायज हो प्रधानमन्त्रीज्यु
आइतबार प्रधानमन्त्रीले जन्मदिनमा जन्मथलोमा नेपालको नक्सा सहित काटेको केक निकै बिबादित बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्