महिला सशक्तिकरणका लागि गाउँपालिकामा चार वटा संयन्त्र निमार्ण गरिएको छ : प्रवक्ता चौधरी



ओमप्रकाश गुप्ता,सिसहनियाँ । राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले महिला सशक्तिकरणका लागि चार वटा संयन्त्र निमार्ण गरि गाउँपालिकाले काम गरिरहेको बताएका छन् । आइ.एम ग्रुपको आयोजना एवम् राप्ती गाउँपालिका वडा नम्बर ७ र दाङ युवा समाजको सहकार्यमा महिलाको सम्मान,कानुनी साक्षरता हाम्रो अभियान भन्ने कुल नाराका साथ महिला सशक्तिकरण तथा सचेतनाका लागि १ दिने महिला कानुन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका प्रवक्ता चौधरीले आमा समुह,निगरानी समुह,न्यायीक समिति र सामुदायिक नागरिक साहयता कक्ष मार्फत सशक्तिकरण सम्बन्धी कार्यक्रम भइरहेको बताए । साथै उनले कुनै पनि व्यक्ति अन्यायमा परे तुरुन्तको तुरुन्त न्याय दिलाउन गाउँपालिकाले टोल फ्रि नम्बर राख्ने तयारी गरेको समेत बताएका छन् ।

यसै बिच उनले राप्ती गाउँपालिकामा रहेको न्यायीक समितिमा हाल सम्म ४५ वटा उजुरी परेकोमा ४० वटा विवाद समाधान भइसकेको र ५ वटा विचाराधीन अवस्थामा रहेको बताए । साथै उनले कुनै पनि व्यक्तिलाई न्याय दिलाउन गाउँपालिकाले वडा स्तरमा पनि मेलमिलापकर्ता राखेको बताए । त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक महेन्द्र सेनले घरेलु समस्या अन्त्य नहुँदा सम्म महिला सशक्तिकरण हुन नसक्ने बताएका छन् । यसका लागि परिवार र समाज जिम्मेवार हुनुपर्ने बताउँदै घरेलु हिंसा न्युनीकरणका लागि परिवार र समाजमा छलफल हुनुपर्ने र समस्याको पहिचान गर्नुपर्ने बताए । प्रहरी निरिक्षक सेनले कुनै पनि व्यक्ति हिंसामा परे स्थानीय सरकार, प्रहरी वा अदालतको सहयोग लिन पनि अनुरोध गरेका छन् । ग्रुपका अध्यक्ष दिपकराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक महेन्द्र सेन,पत्रकार ओमप्रकाश गुप्ता, कानुन विषयका विद्यार्थीहरु अर्नव चौधरी र निराजन शर्माले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्