सैघाली खबर
काठमाडौं,२ कार्तिक
निर्वाचनको दिन नजिकिंदै जाँदा निर्वाचन सुरक्षामा थप चुनौति देखिएको छ । केहि दिन यता विभिन्न जिल्लामा उमेद्वार लक्षित आक्रमणका घटना बढिरहेका छन् । गृह मन्त्रालयले सुरक्षाका विषयमा थप छलफल गर्ने भएको छ ।
निर्वाचन आयोगले पछिल्लो समय भएका चुनाव विरोधी गतिविधि प्रति चिन्ता व्यक्त गरेर पत्र पठाए पछि सरकारले छलफल गर्न लागेको हो । सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखहरु सँग छलफल गर्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।
आक्रमणकारी विरुद्ध कठोर बन्न गृहले जिल्लाका सुरक्षा अधिकारीहरू लाई निर्देशन दिएको छ । गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार थप सतर्कता अपनाएर चेकजाँच र कारबाही सशक्त बनाउन निर्देशन दिइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।