ओलीले कि पार्टी छाड्नुपर्छ, होइन भने निर्णय टाउकाले टेकेरै भए पनि कार्यान्वयन गर्नुपर्छ : झलनाथ



काठमाण्डौ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप :

वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सचिवालयले निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री नै त्यस निर्णयबाट ब्याक भएको समाचार आएको छ, पार्टी निर्णयको भविष्य के हुन्छ ?

बाहिर के आयो मलाई थाहा छैन । तर, म यति भन्छु (पार्टी निर्णय नेकपाका सबै नेता कार्यकर्ताले पालना गर्नुपर्छ । पार्टी निर्णयको खिलाफमा जाने छुट कसैलाई पनि हुुँदैन। प्रधानमन्त्रीले पनि टाउकोले टेकेरै भए पनि पार्टी निर्णय कार्यान्वयन गर्नैपर्छ ।

बैठकमा निर्णय हुँदा प्रधानमन्त्रीले कुनै असहमती राख्नुभएको थियो कि थिएन ?

अहँ, राख्नुभएको थिएन । उहाँले पनि समर्थन गर्नुभएको हो । सर्वसम्मत निर्णय भएको हो ।

गौतमको नाम कसले प्रस्ताव गरेको हो त ?

हामी सबै नौजनाले नै प्रस्ताव गरेका हौँ ।

प्रधानमन्त्रीले निर्णय नमानेर अर्कै नाम सिफारिस गर्नुभयो भने के हुन्छ ?

पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुबाहेक उहाँसँग विकल्प छैन । कि त प्रधानमन्त्री नै नेकपाबाहिर जानुपर्यो, नेकपाको अध्यक्ष हुने अनि पार्टीको निर्णय नमान्ने हुन्छ त ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्