गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण




गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएको थियो ।

पूर्वमन्त्री गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले प्याराग्लाइडिङ चालकहरुलाई फूलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष ०७६र७७ मा २ लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

कसुरेडाँडा समुन्द्री सतहबाट २१ सय ५० मिटरको उचाइमा रहेको छ । बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङ्गको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए ।

उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाइमा मात्रै भएका लामो र छोटो दुरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए । लामो दुरीको लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दुरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताए ।

उनले पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ बिस्तापित हुने अवस्था रहेकाले भविष्य गुल्मीलाई प्याराग्लाइडिङको हबको रुपमा विकास गर्न सकिने बताए । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले विकटलाई निकट बनाउने यो सम्भावना मर्न नदिने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्