निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा



सैघाली खबर
काठमाडौं,३ मंसिर

यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ। निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका लागि ३२ लाख २८ हजार ८७९ मतदाता निर्वाचनमा सहभागी हुँदैछन्।

उहाँका अनुसार पहिलो चरणमा नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुनेछन् । नेपाली सेनालाई भने आवश्यकताअनुसार परिचालन गरिनेछ । यो बाहेक पनि आवश्यक परेको खण्डमा थप जनशक्ति परिचालन गर्ने गरी विभिन्न ठाउँमा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ।

निर्वाचनका लागि ९८ हजार म्यादी प्रहरी भर्ना गरिएकोमा पहिलो चरणमा २३ हजार ५०० म्यादी प्रहरी खटिने छन् । यसैबीच नेपाल प्रहरीले भने देशभरमा भएका उम्म्ेदवार लक्षित आक्रममा संलग्नहरुलाई कारबाहीका लागि गम्भीरताका साथ अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानले प्रहरीले २ सयभन्दा बढी पक्राउ गरेको र अनुसन्धान भइरहेको बताउनुधयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्