अध्यक्ष प्रकाश मिश्रमाथि छुरा प्रहार



सैघाली खबर
जनकपुरधाम,३ मंसिर


स्थानीय रामानन्द युवा क्लबका निवर्तमान अध्यक्ष प्रकाश मिश्रमाथि छुरा प्रहार भएको छ। गएराति १० बजे घर फर्किने क्रममा हस्पिटल रोडमा उनीमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका मिश्रलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचारपश्चात् काठमाडौं पठाइएको परिवारले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार बिहान दुई जनालाई पक्राउ गरेको छ। पहिले कांग्रेसमा सक्रिय रहेका मिश्र पछिल्लो स्थानीय निर्वाचनमा राजपा नेपाललाई सहयोग गर्दै अग्रणी भूमिकामा रहेर निर्वाचनको प्रचारप्रसारमा जुटेका थिए। राजनीतिक प्रतिशोधका कारण उनीमाथि आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्