छिमेक लघुवित्तको ३ दिने बाख्रापालन तालिम सम्पन्न




छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बेत्रावती को आर्थिक तथा प्राविधिक सहयोगमा यही फागुन १५ गते देखी १७ गते सम्म ३ दिने आधारभुत बाख्रापालन तालिम सम्पन्न भएको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा ३१ जना सदस्य तथा अभिभावकहरुको उपस्थितीमा सम्पन्न भएको उक्त वित्तीय संस्थाका शाखा प्रबन्धक भानुभक्त आचार्यले बताए । तालिममा सहभागी छनौट प्रक्रिया यस संस्थामा आवद्ध गरीव तथा विपन्न समुदायका व्यवसायी बाख्रापालन गर्न ईच्छुक सहभागीहरुलाई बोलाइएको थियो । तालिमको मुख्य उद्देश्य “आधुनिक रुपमा खोर निर्माण गरौं उन्नत नश्लक बाख्रा व्यवसयिक रुपमा पालौं, बेचौं पैसा कमाऊँ र आत्मनिर्भर बनौं” भन्ने रहेको थियो ।

तालिम पश्चात सहभागीहरुले आफ्नो घरमा कम्तीमा पनी २० वटा नश्ल सुधार गरीएका माऊ बाख्रा पालन गर्ने योजना रहेको छ । यस तालिमलाई सोही संस्थामा आवद्ध प्राविधिक कर्मचारी सुर्य नारायण पुरीले सहजीकरण गरेका थिए ।

२०५८ साल भाद्र २८ गते विधिवत रुपमा राष्ट्रबैंकमा दर्ताभई राष्ट्रिय स्तरको “घ” वर्गको लघुवित्त संस्था हो । चुक्ता पुँजी एक अर्व रहेको यस संस्था ६७ जिल्लामा १३७ शाखा कार्यालय तथा ७२ डिजिटल प्वाइन्टमार्फत ३ लाख ८० हजार विपन्न घरपरिवारलाई वित्तिय सेवा दिदैं आएको लघुवित्त संस्था हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्