प्रम ओली अस्पताल भर्ना हुनुभन्दा पहिले बालुवाटार पुगिन् राष्ट्रपति भण्डारी



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटार पुगेकी छन् । ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा अगाडि राष्ट्रपति भण्डारी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार हुँदैछ । त्यसअघि प्रधानमन्त्री ओली सोमबारै अस्पताल भर्ना हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्