मिस वर्ल्ड टोनी बिहिवार नेपाल आउँदै




‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आउने भएकी छन् । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा बिहीबार नेपाल आउने विश्वसुन्दरी टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन् ।

उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने भएकी हुन् । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो ।

त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् । नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न उनीसहित मिस वर्ल्ड आयोजक संस्थाका प्रतिनिधि पनि आउने भएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्