कोरोना कहर : कोरिया जाने र फर्कने नेपालीलाई कडा निगरानी



काठमाण्डौ । दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस ९कोभिड–१९० संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् । सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होस क्वारेन्टाइनम बस्नुपर्ने नियम बनाएको छ ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तव्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारोना प्रभावित देशका विदेशस्थित आफ्ना नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्