निर्वाचन सुरक्षामा सर्तकता



सैघाली खबर
काठमाडौं,५ मंसिर

निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न भएको निष्कर्ष निकाल्दै सरकारले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको निगरानीलाई बढाएको छ । निर्वाचन नजिकिंदै गर्दा उम्मेदवार लक्षित आक्रमण बढेपछि प्रहरीले नेकपाका कार्यकतालाई धरपकड सुरु गरेको हो ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले तीन सयभन्दा धेरै नेकपाका कार्यकर्तालाई पक्राउ गरिएको र उनीहरुको बारेमा अनुसन्धान भइरहेका बताउनुभयो । उहाँले आजदेखि सुरक्षा सयन्त्रलाई थप सर्तकर्ता सहित परिचालन गरिएको जानकारी दिनुभयो ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाएर जनतालाई निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको थियो ।

प्रधानमन्त्रीले सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध रहेको जानकारी दिदै आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गर्नुपर्ने उहाँको धारणा थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्