शान्ति सम्झौताको ११ वर्ष, सम्झौता अनुसारको काम अझै बाँकी



सैघाली खबर
काठमाडौं,५ मंसिर

आज शान्ति सम्झौता भएको ११ बर्ष पुरा भएको छ । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको हो । शान्ति सम्झौता पुरा भएको दिनको अवसरमा आज विभिन्न कार्यक्रम गरिदैछन्।

यो बिचमा गणतन्त्र स्थापना, राजसंस्थाको अन्त्य, संविधान जारी भएका छन् । तर, शान्ति सम्झौता पुरा भएको एक दशमा पनि शान्ति सम्झौता अनुसारको काम हुन भने बाँकी नै रहेका छन् ।

राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत सङ्क्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन । आठ वर्षपछि बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि दुईटै आयोगले काम सकेका छैनन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्