महात्मा गान्धीको जीवन बदल्ने प्रसिद्ध भनाईहरु हेर्नुहोस



मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को जन्म २ अक्टोबर १८६९ तथा मृत्यु ३० जनवरी १९४८मा भएको हो । उनी भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।

अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी सत्याग्रह(व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनले भारतलाई स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् । उनकै केहि प्रसिद्द भनाईहरु यसप्रकार छन् :

१. आज सम्म अल्छी कलाकारद्वारा कुनै महान चित्र कोरिएको छैन ।

२. जब झुसिलकिराले अब संसार सकिदैछ भन्ने सोच्छ, तब ऊ शुन्दर पुतलीमा फेरिन्छ ।

३. तिम्रो समस्या खासमा त्यो समस्या होइन, त्यसप्रती तिमीले कस्तो प्रतिक्रिया देखाउछौ त्यो नै खास समस्या हो ।

४. हामी सबैथोक (everything) गर्न नसकौला तर कुनैपनी (anything) काम गर्न सक्छौ ।

५. आवाजलाई नबढाउ बरू आफ्नो तर्कहरूलाई सुधार ।

६. हामीले कुर्यों भने राम्रो चिज आउन सक्छ तर अती राम्रो चिज पाउनका लागि भने आफै बाहिर निस्कनुपर्छ ।

७. यदी सफलतम् जीवन जिउनु छ भने हामीले असफलताको भयलाई त्याग्नु पर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्