नेपालमा पर्यटन भिसा, कति दिनलाई कति रकम पर्छ जानिराखौँ



विश्वका देशहरुलाई हेर्ने हो भने नेपाल पर्यटनहरुको रोजाईमा रहेको देश हो । नेपालमा आन्तरीकका साथै बाह्य पर्यटकको आगमन राम्रो रहेको छ । नेपाल प्राकृतिक सौन्र्दयतामा भरिपूर्ण भएकै कारण पनि यहाँ पर्यटनको आकर्षण हुने गरेको छ ।

नेपालमा आउने पर्यटनहरुमा विशेष गरी भारतबाट पनि धेरै पर्यटन आउने गरेका छन् । तीनै पर्यटनको लागि भनेर सरकारले तय गरेको राहदानी तथा भिसाको समय र मूल्य एवम् सुविधा यस प्रकार रहेको छ ।

राहदानी तथा भिसा

काठमाडौंको त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, नेपाल भारतका सीमाका काकडभिट्टा, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र गड्डाचौकी प्रवेशमार्ग तथा नेपाल–चीन सीमाको कोदारी प्रवेश मार्गबाट आगमन भीसा लिन सकिन्छ । नजिकैको नेपाली राजदुतावास र नेपाली मिसनबाट पनि भीसा पाउन सकिन्छ । कालिकास्थान, काठमाडौंमा रहेको अध्यागमन विभागबाट पनि भिसा (नवीकरण गर्नका लागि) पाउन सकिन्छ । यसका लागि म्याद नगुज्रेको राहदानी र पासपोर्ट साईजको उज्यालो पृष्ठभूमि भएको एउटा फोटो आवश्यक पर्दछ ।
अध्यागमन विभागले पासपोर्ट साइजको फोटोको आकार यति नै हुनुपर्छ भनेर निर्धारण गरेको छैन । युरो, स्वीस क्रोनर, पाउण्ड स्टर्लिङ, अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडीयन डलर, हङकङ डलर, सिंगापुर डलर र जापानी येनमा नगदै तिरेर भिसा लिन सकिन्छ । नेपाली रुपैंया, भारतीय रुपैंया र क्रेडिट कार्ड भिसा शुल्कका लागि स्वीकारिदैन ।

क. पर्यटन भिसा 

ख. निशुल्क भिसा
एक वर्षे भिषा अवधि(जनवरी–डिसेम्बर) मा पहिलो भ्रमण गर्ने दक्षिण एसियाली देशहरु जस्तै बंगलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका नागरिकहरुलाई मात्रै ३० दिनको निशुल्क भिषा उपलब्ध हुन्छ । तर माथि उल्लेखित गरे बमोजिम अध्यागमन विभागमा गएर भिसा शुल्क बुभाएमा भिसा अवधि बढाउन सकिन्छ । नेपाल प्रवेश गर्दा भारतीय नागरिकलाई भिसा आवश्यक पर्दैन ।

ग. भारतीय नागरिकका लागि
नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई भिसा चाहिदैन । नेपालको अध्यागमन विभागका अनुसार नेपाल भ्रमण गर्ने भारतीय नागरिकले तलका मध्ये कुनै एक कागजपत्र देखाए पुग्छ ।
(१) राहदानी
(२) फोटो सहितको चालकको अनुमति पत्र
(३) सरकारी निकायबाट जारी फोटोसहितको परिचयपत्र
(४) फोटोसहितको रासन कार्ड
(५) फोटोसहितको निर्वाचन आयोगले दिएको कार्ड
(६) काठमाडौ स्थित भारतीय राजदुतावासले जारी गरेको परिचयपत्र
(७) उपविभागीय मेजिष्ट्रेट वा उस भन्दा माथिल्ला अधिकारीहरुद्वारा जारी गरेको फोटो सहितको परिचयपत्र
कृपया भारतीय अध्यागमन विभागले नेपाल भ्रमणमा जाने यात्रुहरुसित खोज्ने कागजातका लागि नजिकको ट्राभल एजेन्टसित सम्पर्क गर्नुहोला ।

घ. अन्य सूचनारजानकारी
नाइजेरिया, घाना, जिम्बावे, स्वाजील्याण्ड, क्यामरुन, सोमालिया, लाइवेरिया, इथियोपिया, इराक, प्यालेष्टाइन र अफगानिस्तानका नागरिकहरुले नेपालको अध्यागमन विभागबाट आगमन भिषा नपाउने भएकाले उनीहरुकै देशमा अवस्थित नेपाली दुतावास वा मिसनबाट भिसा लिनुपर्ने हुन्छ ।

ङ. भिसाको म्याद थप
नेपालमा पर्यटकहरु एक भीसा वर्ष (जनवरी १–डिसेम्बर ३१) मा बढीमा १५० दिन नेपालमा रहन सक्छन् । थप जानकारीको लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं फोन नंस्ं९७७(१(४४२९६६०,४४३८८३२,४४३००६४,४४३३९३४ सम्र्पक गर्न सक्नुहुने छ ।

                                                                                                                                                         [स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्