अमिता चौधरी
दाङ,५ मंसिर
यस पटक हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा दाङ जिल्लाबाट मतदान गर्ने मतदाताको संख्या थप भएको छ । स्थानिय तह निर्वाचन पछि मतदाता नामावली दर्ता गरिएकोले मतदाता संख्या थप भएको निर्वाचन कार्यालय दाङले जनाएको छ । मंसीर २१ गते सम्पन्न हुने निर्वाचनका लागि दाङ जिल्लामा ३ निर्वाचन क्षेत्र कायम भएको छ ।
यस अघि २ लाख ९१ हजार बढी मतदाता रहेको दाङ जिल्लामा १ सय ५१ वटा मतदान स्थल र ३ सय ५१ वटा मतदान केन्द्र रहेको थियो । अहिले ३ लाख ३८ हजार ९ सय ५३ मतदाता र ३९४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिनु भएको छ ।
मतदान स्थल र केन्द्रको विवरण ः

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।