कमेडी च्याम्पियन बिबादमा, खबपुका समर्थकले रिजल्ट आउट गर्न माग



काठमान्डौ । धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि चुमेपछी बिबाद उत्पन्न भएको छ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा पन्तले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी चेम्पियनको उपाधि हात पारेपछि खबपुका समर्थकले भोटिंग नतिजा सार्बजानिक गर्न माग गरेका छन ।

चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग राखेका छन् ।

खबपुलाई हराउन धाँदली भएको भन्दै कमेडी च्याम्पियन बिरुद्द समेत नाराबाजी गरेका छन् । कलाकार नन्द घर्ति मगरले भोटिंगमा चलखेल भएको दाबि समेत गरेका छन् । उनले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए ।

भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए । इसेवालाई खारेज गर्न नारा जुलुस लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए ।

त्यसैगरी केकी अधिकारि बिरुद्द समेत नाराबाजी गरेका थिए । केकिको आफ्नै सो भएकोले उनि बिरुद्द नाराबाजी गरेका हुन् ।

उनीहरुले खबपुलाई जातीय विभेद गरेर हराएको समेत आरोप लगाएका छन् । रिजल्ट नदेखाए आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्