नेपालको पत्रकारीता राजनीतिक चपेटामा



उत्तम कुमार थापा – राष्ट्रकाे चाैथाे अङ्ग भनेर पत्रकारलाई चिन्ने गरिन्छ । पत्रकारीता पेशा नै अनाैठाे पेशा हाे । जसले दिगाे शान्ति समाज रुपान्तरणकाे भुमिका खेलिरहन्छ ।

मलाई लाग्छ, मेराे देश नेपालीको अधिकाशँ पत्रकारहरु राजनीति आड्मा चलेकाे देख्छु । चारै तिर राजनीति घेरामा परेको पत्रकारीता,कसरी स्वच्छ मर्यादीत,र पारदर्शी हुनसक्छ । पत्रकारहरु अर्थात पत्रकारीता पेशा अङ्गाली रहनुभएका म जस्तै हजाराैँ पत्रकारहरु राजनीति चपेडामा परेको देख्छु ।

नेपालकाे पत्रकारीता पछिल्लो समय राजनीति चपेडामा परे सँगै बिकास निर्माण र समाज रुपान्तरणकाे पाटाेमा नभई एकले अर्काकाे आलाेचना,राजनीति दलकाे अनुहाई,चुईने छानाको घरमा,लाेटा राखेझै बिक्री हुनथाले पाईन्छ । देशलाई गहिराइ अनुवाई,र परिकल्पना सँगसँगै देशको मुहार फेर्ने अनुहार नै पत्रकारकाे भुमिका हुन्छ भन्ने मलाई लाग्छ । पछिल्लो समय स्वच्छ कलम चल्न सक्दै,निष्पक्ष कलम चलाएकाे पाईदैन, यसले कतै पत्रकार बिक्री त भएन कि भन्ने पनि लाग्छ ।

आजकाल जताततै भ्रष्टाचार घुसपैठ भएको समाचार बाहिर आउदा पनि दाेहराे चरित्रले विभिन्न पत्रकार साथिहरुले समाचार सम्प्रेषण गरेको देख्न पाईन्छ । सँगठनकै हिसावले नेपाल पत्रकार महासघ भनिन्छ तर पाटीले चलावान पत्रकारीता माैलाउदै गएको सर्वविदितै देख्न पाईन्छ । प्रेस स्वतन्त्रता हुनप्रने हाे , तर याहा प्रेस साेतन्त्रता हनन भएको देखिन्छ , पत्रकार निष्पक्ष मर्यादीत,र पारदर्शी हुनुकाे साटाे पछिल्लो पत्रकारीता दलाल भ्रष्टाचारकाे बचाउ सँगै पाटीकाे पेवामा सँघलग्न देख्न पाईन्छ ।

तपाईं हामीलाई थाहाँ छ । पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बर्द्धनको लागि प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम २०४८।७।२८ मा प्रेस काउन्सिल, नेपालको स्थापना भएको हो ।

प्रेस काउन्सिलका अनुसार प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलका उद्देश्यहरू देहाय बमोजिम निर्धारण गरेको छ । स्वस्थ पत्रकारिताको विकासको लागि उपयूक्त बातावरण सृजना गर्ने । प्रेस स्वतन्त्रताको दूरूपयोग हून नदिने पत्रकारिता सम्वन्धी आचार संहिता तोक्ने । प्रेस र नेपाल सरकारबीच सौहार्दपुर्ण सम्वन्ध कायम राख्ने । सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने । प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हून नदिन प्रयत्नशील रहने भनिएता पनि पछिल्लो समय वास्तविक पत्रकारीता समुदायमा झल्कन सकेको छैन ।

वास्तविक भन्नू पर्दा देशमा भिविन्न राजनैतिक दलहरु छन, तिनकै विभिन्न भातृसँगठनहरु हुन्छन,त्यस भित्र पत्रकारको एउटा सँगठन देखेकाे छु । अहिलेकाे कुरा गर्ने हाे भने,प्रेश युनियन नेपाली काङ्ग्रेस आवद्व पत्रकारको समूह चिनिन्छ भने, पुर्वकाे प्रेश चाैतारी पुर्व एमाले पाटी आवद्व पत्रकार प्रेस सेन्टर पुर्व माओवादीआवद्व पत्रकारहरुकाे समूह भनेर चिनिन्छ सँगै अन्य सँगठन पनि देखेको छु।

मलाई लाग्छ यसरी पाटीका सँगठन भएपछि पत्रकारीता कसरी निष्पक्ष हुन सक्ला त । समाज रुपान्तरणका लागि निष्पक्ष पत्रकारको आवश्यकता देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्