चुनाब पछि मुलुकमा नयाँ युगको शुरुवात



सैघाली खबर

तुलसीपुर ५ मंसिर 

बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा‘अपार’ले चुनाब पछि देशमा नयाँ युगको शुरुवात हुने बताएका छन् । मंगलबार तुलसीपुरका बिभिन्न स्थानमा भएका चुनाबीसभालाई सम्बोधन गर्दै अपारले प्रदेश र प्रतिनिधि सभाको निर्बाचनमा बामगठबन्धनले बिजय हाँसिल गर्ने भन्दै देश सम्बृद्धिको बाटोमा अघि बढ्ने बताए ।

बामगठबन्धनले दुई तिहाई बहुमत ल्याएर स्थायी सरकार निर्माण हुने र पाँच बर्षमा मुलुकको सम्बृद्धि र बिकास गराएरै देखाउने प्रतिबद्धता समेत जनाए । त्यसका लागि आम जनताहरु एकजुट हुन आबश्यक रहेको बताए । उनले कुरा भन्दा पनि काम गर्नेलाई भोट दिनुपर्नेमा पनि जोड दिए ।

चुनाबको समय नजिकिदै गरेको अबस्थामा केही उम्मेदवारले बिभिन्न आस्वासन दिएर मतदातालाई भोट बैंकको रुपमा प्रयोग गरिरहेको भन्दै अपारले त्यसको पछि लागे देश ५० बर्ष पछि अध्यारो तर्फ धकेलिने बताए । अहिले देशभर बामपन्थिको पक्षमा माहोल शिर्जन भएकाले प्रतिष्पर्धी शक्तिहरु अत्तालिएर जनतालाई किनबेच गर्ने चलखेल गरिरहेको भन्दै यसमा सजक रहन समेत आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्