कोरोनाले छेकेन, बिस्वकर्मा वेलफेयर सोसाइटी युकेले गरे सरुलाई संमान



थाहा अनलाइन , लन्डन

सामाजिक अभियान्ता, महिला अधिकारकर्मी , संचारकर्मी सरु सुनार यतिबेला बेलायत भ्रमणमा छिन ।
मार्च ८ को अन्तरास्ट्रिय नारी दिबसको कार्यक्रममा ग्रेटर रस्मोरले स्पोन्सर र सिर्जनशिल नेपाली समाज युकेले होस्टिङ गरि युके बोलाएका थिए ।


युके 5 मार्चमा आएकी सरुलाई विभिन्न संस्थाले संमान र अन्तरक्रिया कार्यक्रम तय गरेको छ ।
यतिबेला बिश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसले गर्दा बिश्व नै आतंकित भएको बेला विभिन्न देशमा कोरोनाबाट बच्न विभिन्न सतर्कता र संयमित हुन बिश्व स्वास्थ संगठनले बिज्ञप्ति निकाली रहेको अबस्थामा आ- आफ्नो देशमा सरकारले उच्च सतर्कताका बिधिहरु अपनाएको छ ।


यहि महामारीको बेला बेलायतमा आएकी सरु आफू आउदा
बेलायतमा सामान्य बाताबरण भए पनि अहिले भने कोरोनाको बिगबिगी बढेको र मान्छेहरु मरिसकेको बताउछिन् ।
कोरोनाले समेत रोक्न नसकेको सरुसग आफ्ना समुदायको भेटघाट , अन्तरक्रिया भने हिजो अल्डरसट , होटेल भेटघाटमा सम्पन भएको छ ।


बिश्वकर्मा कल्याकारी संघ युकेले नेपालमा आफ्नो समुदाय र दुखी र अन्यायमा परेकालाई सहयोग र न्याय दिएको र अन्तरास्ट्रिय n- peace award 2019 नेपालबाट जित्न सफल भएकोमा सिङ्गो समुदायको मात्र नभइ रास्ट्रको नै गर्ब हो भनी बिश्वकर्मा कल्याणकारी सघका अध्यक्ष कुमार बिश्वकर्मा , लगायत संस्थाका सल्लाहकार र पदाधिकारी सबैले दोसल्ला ओढाएर संमान पत्रले संमान गरेका छन् ।


आउदो २१ मार्चमा सिर्जनशिल समाज युके र २२ तारिक ज्याग्दिखोला स्याङ्जा समाजले समेत सरुको संमान कार्यक्रमको तयारी भएको शिर्जनशिल नेपाली समाज युकेका अध्यक्ष भक्त नेपालीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्