कोरोनाकाे संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु



एजेन्सी – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमका २१ वर्षीय प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाको संक्रमणबाट मृत्य भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएको छ ।

भाईरसको गम्भीर लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो । अस्पतालमा उनलाई परीक्षण गर्दा ब्लड क्यान्सर भएको पत्ता लगाएका थिए । तर, त्यसपछि उनको उपचारकै त्रममा निधन भयो ।

विश्वमा फैलिरहेको कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको अनुमान गरिएको छ ।

स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको थियो । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो ।
यहाँ करिब ९ हजार १ सय ९० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै ३०९ जनाको ज्यान गएको छ । मलागामा कोरोनाबाट मृत्यु हुने गार्सिया पाँचौ व्यक्ति हुन् । याे समाचार खेलकुड डटकममा प्रकाशित छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्